Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड राजस्व चुहावटको आरोपमा मुद्दा दर्ता

पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड राजस्व चुहावटको आरोपमा मुद्दा दर्ता

  • बुधवार, आषाढ १५ २०७९

  • 945
    SHARES

  • पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड राजस्व चुहावटको आरोपमा मुद्दा दर्ता
    काठमाडौं । राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधबार(आज) उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
     
    पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मनकामना सप्लायर्स रुपन्देही तथा राज फेन्सी कर्नर उल्लेख गरी माल वस्तु ढुवानी गर्दा २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । 
     
    उक्त सप्लायर्सले माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरी माल वस्तु पठाएको तर उक्त माल वस्तुहरू अन्य विभिन्न फर्महरूले विना बिलबिजक बुझिलिएको थियो । 
     
    विभिन्न फर्महरूले भन्सार नाका प्रयोग गरी प्रज्ञापन पत्रसमेत नभरी सामान आयात गरी विभिन्न मालसामान खरिद बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश करलगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नुपर्ने कर राजस्व नबुझाई आफूले लाभ लिई राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । 
     
    पशुपति रोड क्यारियर नेपाल प्रालिका सञ्चालकहरू महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, भारतीय नागरिक ओमप्रकाश भनिने उपेन्द्रकुमार सिंह र अन्जियन आलम, न्यु मनकामना सप्लायर्सका प्रोप्राइटर रेखा जयसवाल, मुख्य कारोबारी राकेशप्रसाद जैसवाल विरुद्ध २१ करोड ८५ लाख १३ हजार २०२ रुपैयाँ बिगो कायम गरिएको छ । 
     
    त्यसै गरी सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध ७ करोड ३६ लाख २७ हजार ४१४ रुपैयाँ, आर एण्ड एस इन्टरनेशनल  प्रालिका सञ्चालक अमित प्रधान, व्यवस्थापक सुजित महर्जन र कर्मचारी श्यामप्रसाद बस्यालविरुद्ध २ करोड ८९ लाख २५ हजार ६५२ रुपैयाँ बिगो कायम गरिएको छ । त्यसै गरी अन्य विभिन्न १३ वटा फर्महरू विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 


    बुधवार, आषाढ १५ २०७९०३:३२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij