Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तपाईंले रोपेको बीऊ कुहियो, अब हाइब्रिडको आवश्यकता छ : भुसाल

तपाईंले रोपेको बीऊ कुहियो, अब हाइब्रिडको आवश्यकता छ : भुसाल

  • बुधवार, आषाढ १५ २०७९

  • 1.0K
    SHARES

  • तपाईंले रोपेको बीऊ कुहियो, अब हाइब्रिडको आवश्यकता छ : भुसाल

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाउनुभएको छ ।

    वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गर्नुभयो ।

    भुसालले भन्नुभयो, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’


    भुसालले फेरि पनि नेकपा एकता गर्ने प्रण समेत गर्नुभएको छ ।


    बुधवार, आषाढ १५ २०७९०१:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij