Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित थपिने संख्या बढ्यो, आज ४४ जनामा पुष्टि

कोरोना संक्रमित थपिने संख्या बढ्यो, आज ४४ जनामा पुष्टि

  • मंगलवार, आषाढ १४ २०७९

  • 588
    SHARES

  • कोरोना संक्रमित थपिने संख्या बढ्यो, आज ४४ जनामा पुष्टि

    काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

    यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर २२९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।


    मंगलवार, आषाढ १४ २०७९०४:३०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij