Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

  • शनिवार, भाद्र ६ २०७७

  • 1.1K
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

    कोरोना भाइरस संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । वीरगञ्जमा दुई, चितवनमा एक, धरानमा एक र सिराहामा एक गरी ५ जनाकोे मृत्यु भएको हो ।

    वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा २ जनाको मृत्यु भएको छ भने बिहीबार चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा संक्रमणको पुष्टि भएको छ ।

    पर्साको बहुदरमाई नगरपालिका, डकैलाका ६१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका उनलाई निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगिएको थियो ।

    उपचारका क्रममा आज बिहान सवा ७ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

    सोही अस्पतालमा थप एक संक्रमितको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौली गाउँका ५८ वर्षीय पुरुषको गएराति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा पनि कोरोना पुष्टि भएको छ । निमोनियाको समस्या देखिएपछि भदौ ३ गते भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको बिहीबार राति मृत्यु भएको थियो ।

    भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणपछि शुक्रबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

    त्यसैगरी, सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका –४ का ६८ वर्षीय पुरुषमा गएराति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

    साथै, कोरोना संक्रमणबाट धरानमा एक जना पुरुषको मृत्यु भएको छ । धरान उपहानगरपालिका वडा नम्बर –१५ का ६७ वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

     


    शनिवार, भाद्र ६ २०७७०२:१६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij