Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘माधव नेपालको कोरोना रिपोर्ट नेगेटिभ’

‘माधव नेपालको कोरोना रिपोर्ट नेगेटिभ’

  • शनिवार, भाद्र ६ २०७७

  • 1.2K
    SHARES

  • ‘माधव नेपालको कोरोना रिपोर्ट नेगेटिभ’

    नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तर, नेता नेपालको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

    पिएसओ र पछुवा गाडीका चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताउनुभयो ।
    ‘नेता नेपालसँगै उहाँका परिवारका सदस्य र सचिवालयका साथीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ’, नेपाली नेटवर्कसँग कुरा गर्दैै उहाँले भन्नुभयो, ‘संक्रमण हुनेमा सातजना सशस्त्र र दुईजना नेपाल प्रहरीका सुरक्षाकर्मी छन् ।’

    गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो भने त्यसको स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।

    संक्रमित सबैलाई अहिले आएसोलेसनमा पठाइसकिएको छ ।


    शनिवार, भाद्र ६ २०७७०१:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij