Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदमा पुग्यो बूढीगण्डकी बनाउन छुट्टै कम्पनी खोल्ने प्रस्ताव 

मन्त्रिपरिषदमा पुग्यो बूढीगण्डकी बनाउन छुट्टै कम्पनी खोल्ने प्रस्ताव 

  • आइतवार, आषाढ १२ २०७९

  • 798
    SHARES

  • मन्त्रिपरिषदमा पुग्यो बूढीगण्डकी बनाउन छुट्टै कम्पनी खोल्ने प्रस्ताव 
    काठमाडौं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसबारेको प्रस्ताव तयार गरेर मन्त्रिपरिषदमा पठाएको हो ।
     
    २४ चैत २०७७ मा बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्ने र स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी भएको निर्णयअनुसार काम हुन नसकेपछि स्वदेशी लगानीमा अघि बढाउने गरी निर्णय भएको थियो ।
     
    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बूढीगण्डकी आयोजना छुट्टै कम्पनीमार्फत बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको जानकारी दिनुभयो । 
     
    उहाँले नेपालमा भरपर्दो विद्युत् सेवा र भारतीय बजारमा विद्युत् बिक्रीका लागि यो परियोजना महत्त्वपूर्ण हुने बताउनुभयो । 
     
    सरकारले चालु आर्थिक वर्ष २०७८–०७९को बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरेको थियो । आगामी आर्थिक वर्ष २०७९–८० बाट आयोजनाका लागि लगानी जुटाएर निर्माण थाल्ने योजना छ ।
     
    ऊर्जा मन्त्रालय स्रोतका अनुसार छुट्टै कम्पनी स्थापना गर्न कम्पनीको नियमावली र प्रबन्ध पत्रको मस्यौदा लगायत तयार भइसकेको छ । ऊर्जामन्त्री पम्फा भुसालले कम्पनीको नेतृत्वमा ल्याउन सक्ने व्यक्तिबारे छलफल चलाउनुभएको छ । 
     
    यसमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको मत बाझिएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निर्णायक हुनसक्ने मन्त्रीको सचिवालय स्रोतले बताएको छ । 


    आइतवार, आषाढ १२ २०७९०६:०४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij