Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको केन्द्रीय परिषद् बैठक भोलि बस्दै, विदेशबाट पनि सहभागी आउने

नेकपा एसको केन्द्रीय परिषद् बैठक भोलि बस्दै, विदेशबाट पनि सहभागी आउने

  • आइतवार, आषाढ १२ २०७९

  • 629
    SHARES

  • नेकपा एसको केन्द्रीय परिषद् बैठक भोलि बस्दै, विदेशबाट पनि सहभागी आउने
    काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन हुने भएको छ । प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्नुहुने छ । 
     
    बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।
     
    एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।
     
    केन्द्रीय परिषद्को बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट समृद्ध भएर आएको चुनाव सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने छ ।


    आइतवार, आषाढ १२ २०७९०३:०३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij