Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

लगानीकर्ताहरूको माग पूरा भएसँगै बढ्यो सेयर बजार

लगानीकर्ताहरूको माग पूरा भएसँगै बढ्यो सेयर बजार

  • शुक्रवार, आषाढ १० २०७९

  • 891
    SHARES

  • लगानीकर्ताहरूको माग पूरा भएसँगै बढ्यो सेयर बजार
    काठमाडौं । शुक्रबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १३.७८ अङ्कले बढेर १,८६२.०६ बिन्दुमा पुगेको हो।
     
    केही दिनदेखि आन्दोलित लगानीकर्ताहरूको माग पूरा भएको भन्दै शुक्रबार आन्दोलन तोडिएको छ। यसै कारण पनि बजारमा सुधार देखिएको हो। लगानीकर्ताहरू सेयर बजार सुधारको माग राख्दै गत असार १ गतेदेखि आन्दोलनमा थिए। 
     
    आज दुई घण्टा बजार खुल्दा कारोबार रकम १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँ पुगेको छ। शुक्रबार जम्मा २२३ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ४१ हजार ५३७ सेयर किनबेच भएको हो। 
     
    कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १५५ वटाको मूल्य बढेको छ भने ५९ वटाको मूल्य घटेको छ। आज न्यादी हाइड्रोपावर मूल्य वृद्धिमा सर्किट ब्रेक लागेको छ। अघिल्लो दिनसम्म लगातार सकारात्मक सर्किट ब्रेक लागेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको हो। 
     
    आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै फाइनान्सको १.९१ प्रतिशत, विकास बैङ्कको १.८८ प्रतिशत र नन लाइफ इन्स्योरेन्सको १.७३ प्रतिशतले बढेको हो। म्युचल फन्डको भने आज ०.६७ प्रतिशतले घटेको हो। 
     
    कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै कुमारी बैङ्कको ८ करोड ६३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
     
    यसपछि न्यादी ग्रुपको ६ करोड ३१ लाख ५९ हजार रुपैयाँ,  लक्ष्मी बैङ्कको ४ करोड ७६ लाख ९३ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख ५९ हजार रुपैयाँ र सिटिजन इनभेस्टमेन्ट ३ करोड ७ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ। 


    शुक्रवार, आषाढ १० २०७९०३:११:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij