काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रमले आज समेत निरन्तरता पाएको छ ।
आज कुल ४५.२५ अङ्कले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।
सबै उपसमूहहरू राताम्य रहेको आज जलविद्युत, विकास बैङ्क, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
बुधबारको तुलनामा कारोबार रकम बढेका कारण लगानीकर्ता अत्तालिन थालेर बेचिरहेको देखिएको छ ।
आज कुल २३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।