Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भरतपुर अस्पतालको परिक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालको परिक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि

  • शनिवार, भाद्र ६ २०७७

  • 799
    SHARES

  • भरतपुर अस्पतालको परिक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि

    चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ  ५ गते गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।

    अस्पतालले भदौ ५ गते कुल २७० नमुना परिक्षण गरेकोमा ३३ जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

    प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार  नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २० जना रहेका छन् भने नवलपुर, बारा, पर्सा र मकवानपुरका गरि ८ जना रहेका छन् भने बाँकेका ५ जना रहेका छन् ।

    चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १६ जना छन् भने राप्ती नगरपालिकाका ४ जना रहेका छन् ।

    अस्पतालले यो नतिजा भदौ ५ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ ।


    शनिवार, भाद्र ६ २०७७०६:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij