Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लक्षण नदेखिएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने सरकारको निर्णय

लक्षण नदेखिएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने सरकारको निर्णय

  • शुक्रवार, भाद्र ५ २०७७

  • 975
    SHARES

  • लक्षण नदेखिएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने सरकारको निर्णय


    काठमाडौं । सरकारले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई अस्पताल भर्ना नगरेर घरमै होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

    प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको र अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्ने भएकोले यस्तो निर्णय गरिएको सरकारको भनाइ छ ।

    ‘अबदेखि लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गरिने छ । तर, कुनै लक्षण नदेखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता डा. खतिवडाले भन्नुभयो ।

     


    शुक्रवार, भाद्र ५ २०७७०७:३२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij