Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एलपीजी ग्यासको खपत घटाउन विद्युत् महसुलमा छुट दिने मन्त्री बडूको दाबी

एलपीजी ग्यासको खपत घटाउन विद्युत् महसुलमा छुट दिने मन्त्री बडूको दाबी

  • मंगलवार, आषाढ ७ २०७९

  • 496
    SHARES

  • एलपीजी ग्यासको खपत घटाउन विद्युत् महसुलमा छुट दिने मन्त्री बडूको दाबी
    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने एलपीजी ग्यासको खपत घटाउन विद्युत् महसुलमा छुट दिने बताउनुभएको छ । 
     
    सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतको खपत बढाउँदै ग्यासको खपत घटाउन महसुलमा छुट दिन लागेको जानकारी दिनुभयो । 
     
    आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले भन्नुभयो, ‘खाना पकाउन प्रयोग हुने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत् महसुलमा सहुलियत दिई राहत प्रदान गर्ने तयारी भइरहेको छ ।’ यसैगरी, विद्युतीय चुलो लगायत विद्युतीय सामान प्रयोग बढाउनका लागि करमा छुट दिने र बढी विद्युत् प्रयोग गर्ने उद्योगलाई करमा छुट दिने नीति सरकारले लिएको छ ।
     
    यसका साथै, पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा सहजतापूर्वक प्रयोगका लागि सरकारले अघि नीति अघि बढाएको मन्त्री बडूले बताउनुभयो । यसका लागि मन्त्री बडूले पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्तालाई आग्रह समेत गर्नुभयो । 


    मंगलवार, आषाढ ७ २०७९०२:२६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij