Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सभामुखद्वारा सरकारलाई रुलिङ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सभामुखद्वारा सरकारलाई रुलिङ

  • सोमवार, आषाढ ६ २०७९

  • 771
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सभामुखद्वारा सरकारलाई रुलिङ
    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गर्नुभएको छ। सभामुख सापकोटाले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको हो । 
     
    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो । सोमबार(आज) प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसद पद्‌मा अर्यालले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। 
     
    अर्यालले मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गर्न आग्रह गर्दै रुलिङ नभए संसद् चल्न नसक्ने बताउनुभएको थियो। त्यसपछि सभामुख सापकोटाले मूल्यवृद्धिबारे वास्तविकता जानकारी गराउन सरकारलाई निर्देश गर्नुभएको हो।  


    सोमवार, आषाढ ६ २०७९०१:५८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij