Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

साताको पहिलो आइतबार पनि सेयर बजार ओरालोमा

साताको पहिलो आइतबार पनि सेयर बजार ओरालोमा

  • आइतवार, आषाढ ५ २०७९

  • 812
    SHARES

  • साताको पहिलो आइतबार पनि सेयर बजार ओरालोमा

    काठमाडौं । साताको पहिलो दिन आइतबार पनि बजार ओरालो लागेको छ ।

    बजारको परिसूचक नेप्से ३७.२७ अंक घटेर १९३४ अंकमा कायम भएको छ । यो अंक डेढ वर्षयताकै न्यून हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारका सबै उपसमूहका सूचक घटेका छन् ।

    बैंकिङ १२, विकास बैंक १२४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १२२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंक घटे । कुल १३ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने २ को स्थिर रह्यो ।

    आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशत बढ्यो । रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

     

     


    आइतवार, आषाढ ५ २०७९०७:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij