Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जनकपुरधामका उपमेयरमाथि हातपातसहित जुत्ता प्रहार

जनकपुरधामका उपमेयरमाथि हातपातसहित जुत्ता प्रहार

  • आइतवार, आषाढ ५ २०७९

  • 475
    SHARES

  • जनकपुरधामका उपमेयरमाथि हातपातसहित जुत्ता प्रहार

     

    काठमाडौं । जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि एक समूहले जुत्ता प्रहार र हातपात गरेको छ ।

    अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम–२३ बेलाका स्थानीयले उपमेयर साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् ।

    एक कर्मचारीका अनुसार केही मानिस ज्ञापनपत्र बुझाउन भन्दै आएका थिए । उनीहरू नै उपमेयर साहमाथि जाइलागे । उपमेयरमाथि एक महिलाले जुत्ता प्रहार गरिन् । अन्य व्यक्तिहरूले कुटपिट गरेका हुन् ।

    उपमेयर साहमाथि आक्रमण गरिएपछि नगर प्रहरी र नेपाल प्रहरीले उनलाई जोगाएको छ । आक्रोशित समूहले घुस लिएर केही नबोल्ने गरेको आरोपसमेत लगाएका छन् ।

    बेलामा भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूले प्लटिङ गरेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ । सो विषयमा त्यहाँका बासिन्दा ज्ञापनपत्र बुझाउन उपमेयर समक्ष आएका बेला यो घटना भएको बताइएको छ ।


    आइतवार, आषाढ ५ २०७९०४:३१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij