Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

श्रम मन्त्रीमा सिफारिस शेरबहादुर कुँवर को हुन् ? 

श्रम मन्त्रीमा सिफारिस शेरबहादुर कुँवर को हुन् ? 

  • आइतवार, आषाढ ५ २०७९

  • 9.6K
    SHARES

  • श्रम मन्त्रीमा सिफारिस शेरबहादुर कुँवर को हुन् ? 
    काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर निर्णयलार्ई सदर गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय समिति बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ ४ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
     
    नेकपा एकीकृत समाजवादीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा अछामका शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ । पार्टी सचिवालयले कुँवर लगायत अन्य ३ जनालाई समेत मन्त्री बनाउन सिफारिस गरेको हो ।
     
    लामो समयदेखि राजनीतिमा सक्रिय कुँवर अछामको साविक पायल गाविस बडा नम्बर-५ मा २०२३ सालमा जन्मिनुभएको छ । उहाँ राष्ट्रियसभाका पूर्वसदस्य हुनुहुन्छ । उहाँको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत हुनुहुन्थ्यो ।
     
    कुँवर ०३८ सालदेखि नेकपा एमालेको सङ्गठन अनेरास्ववियूमा आबद्ध भएर राजनीतिमा लाग्नुभएको हो । त्यसपछि ०४७ सालमा अछाम जिल्ला कमिटीको अध्यक्ष बन्नुभएका उहाँ ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बन्नुभएको थियो ।
     
    अछाममा नेकपा एमालेको कुशल सङ्गठन निर्माता कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ हो। तीन पटकसम्म एमाले अछामको नेतृत्व गरेका कुँवर रावलका विश्वासपात्र हुनुहुन्थ्यो ।
     
    सं‌टकालको बेला सदरमुकाममा रहेर पार्टी जोगाउनुभएको कुँवर विसं २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो। त्यसबेला भीम रावल समानुपातिकबाट सांसद बन्नुभएको थियो । कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । 
     
    एमालेमा रहँदासम्म पार्टी केन्द्रीय समिति सदस्य र एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहनुभएका कुँवर एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ । 


    आइतवार, आषाढ ५ २०७९०१:५७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij