Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अन्तर्घात गरेको भन्दै अर्घाखाँचीमा कांग्रेसका १० नेता निलम्बित

अन्तर्घात गरेको भन्दै अर्घाखाँचीमा कांग्रेसका १० नेता निलम्बित

  • शनिवार, आषाढ ४ २०७९

  • 836
    SHARES

  • अन्तर्घात गरेको भन्दै अर्घाखाँचीमा कांग्रेसका १० नेता निलम्बित
    काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा अर्घाखाँचीमा नेपाली कांग्रेसका जिल्ला उपसभापतिसहित १० जना निलम्बित भएका छन् । 
     
    पार्टीका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल सहितलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको कांग्रेसको जिल्ला समितिले जनाएको छ ।
     
    निलम्बन हुने अरुमा पाणिनी गाउँपालिका-८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनी रहेका छन् । 
     
    महाधिवेशन प्रतिनिधि सिर्जना विक, पाणिनी-८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको कांग्रेसको अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।


    शनिवार, आषाढ ४ २०७९०७:४१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij