Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सप्तरीमा उच्च ज्वरोबाट ग्रसित एक महिलाको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

सप्तरीमा उच्च ज्वरोबाट ग्रसित एक महिलाको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

  • शुक्रवार, भाद्र ५ २०७७

  • 655
    SHARES

  • सप्तरीमा उच्च ज्वरोबाट ग्रसित एक महिलाको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

    काठमाडौं – सप्तरीमा चार दिनदेखि उच्च ज्वरो आएपछि उपचारका लागि धरान लैजाने तयारी गर्दागर्दै एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका –८ निवासी ३२ वर्षीया महिला रहेकी छन् ।

    गएराति अत्यधिक ज्वरो आएपछि उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश साहले बताउनुभयो ।

    साहका अनुसार ३५ वर्षीया ती महिलालाई पछिल्लो चार दिनदेखि ज्वरो आइरहेको थियो । उनलाई आज बिहान धरान लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताइएको छ ।

    ती महिलाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको र रातिसम्म रिपोर्ट आउने स्वास्थ्य संयोजक साहले बताउनुभयो ।

     


    शुक्रवार, भाद्र ५ २०७७०१:४९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij