Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गैरआवासीय नेपालीहरुको नागरिकता समस्या सम्बोधन हुन्छ : देउवा

गैरआवासीय नेपालीहरुको नागरिकता समस्या सम्बोधन हुन्छ : देउवा

  • बिहिवार, आषाढ २ २०७९

  • 1.2K
    SHARES

  • गैरआवासीय नेपालीहरुको नागरिकता समस्या सम्बोधन हुन्छ : देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

    गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न लागि परेको देउवाको भनाइ छ । सम्बोधनका क्रममा उहाँले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गर्नुभयो ।

    ‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनुहोस्, हातेमालो गरौँ, नेपाललाई हाम्रो जीवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौँ,’ प्रधानमन्त्री देउवाले भन्ुभयो ।


    बिहिवार, आषाढ २ २०७९०७:१६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij