Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निगुरो टिप्न गएकी युवतीको शव बाघले खाइरहेको अवस्था भेटियो

निगुरो टिप्न गएकी युवतीको शव बाघले खाइरहेको अवस्था भेटियो

  • बिहिवार, आषाढ २ २०७९

  • 1.0K
    SHARES

  • निगुरो टिप्न गएकी युवतीको शव बाघले खाइरहेको अवस्था भेटियो
    काठमाडौं । चितवनमा निगुरो टिप्न गएकी युवतीको शव भेटिएको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीय रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था भेटिएको हो ।
     
    बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले ५ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।
     
    आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा टाउको र छातीको भाग खाइसकेको अवस्थामा बस्नेतको शव भेटिएको कार्यालयले जनाएको छ ।
     
    यो वर्ष निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणमा परी १६ जनाले ज्यान गुमाएका छन् ।


    बिहिवार, आषाढ २ २०७९०६:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij