काठमाडौं । बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सारिएको छ । संसद् सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागि सारेको जनाएको छ ।
संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षज्यूले २०७९ साल असार २ गते बिहीबार दिउसो १ : ०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’
सूचना !