Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

  • आइतवार, जेठ २९ २०७९

  • 814
    SHARES

  • प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
    काठमाडौं । प्रदेश  १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९÷८०  प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभएको छ ।
     
    मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिकमतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राज भण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।
     
    यस्तै, असार १ गते प्रदेश सभा बैठकमा  बजेट पेस हुँदैछ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे  उपस्थित  हुन सभामुखले अनुरोध गर्नुभएको  छ ।
     
    नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए । 
     


    आइतवार, जेठ २९ २०७९०४:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij