काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल शुरु गर्नुभएको छ ।
आज शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेट्नुभएको छ । रिजालकै घर बालाजुमा भेट्न पुग्नुभएका साहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव माग्नुभएको थियो । साहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुग्नुभएका सले झन्डै दुई घन्टा बिताउनुभएको थियो । लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।
महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा तोडफोड गरेर रिजाललाई सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । तर रिजालले भने आफु समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ मात्र भनेको बताउँदै आउनुभएको छ ।