Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

  • शुक्रवार, आषाढ १९ २०७७

  • 1.1K
    SHARES

  • गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

    कावासोती नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा पनि संक्रमण भेटिएको छ । नवलपरासीकै मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, तनहुँमा ९ जनामा कोरोना पुष्टि भएको छ । तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा संक्रमितको संख्या थपिएको हो ।
    भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै, पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७०२:०२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij