काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय कार्यान्वयनमा नआएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री सिफारिस गरिसकेको बताउँदै अहिलेसम्म रोकिनु दुखद भएको दोहा¥याउनुभयो ।
हालसम्म सिफारिस भएका मन्त्रीहरुको सपथ नहुनु बिडम्बना भएको बताउँदै नेता खनालले पार्टीको निर्णय नमान्ने व्यक्ति पार्टी सदस्य हुन नसक्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीमा चारजनालाई सिफारिस गरेको छ । बहालवाला मन्त्रीहरुले पद छोड्न नचाहेपछि पार्टीमा मतभेद शुरु भएको बताइएको छ ।