Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गगन थापाको आक्रोश : कृषि मन्त्रालय र जिम्मेवार व्यक्तिको अकर्मण्यताले मल आएन 

गगन थापाको आक्रोश : कृषि मन्त्रालय र जिम्मेवार व्यक्तिको अकर्मण्यताले मल आएन 

  • बुधवार, जेठ २५ २०७९

  • 856
    SHARES

  • गगन थापाको आक्रोश : कृषि मन्त्रालय र जिम्मेवार व्यक्तिको अकर्मण्यताले मल आएन 
    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालय र जिम्मेवारी प्राप्त व्यक्तिको अकर्मण्यताले समयमा रासायनिक मल आउन नसकेको बताउनुभएको छ । 
     
    विनियोजन विधेयकको छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले भन्नुभयो, ‘जिम्मेवार मन्त्रालय र जिम्मेवारी लिएका मानिसहरुले सही काम नगरिदिँदा समस्या आयो । अब के हुन्छ ? वक्तव्य आउँछ । मल आउँदैन । अब रोएका किसानको फोटो आउँछ ।’
     
    कांग्रेसका महामन्त्री समेत रहनुभएका थापाले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई भेटेर किसानलाई मलका कारण पर्ने समस्या बारे समयमै जानकारी गराएको बताउनुभयो ।  ‘जेठ असारमा मल यही तरिकाले आउन नसक्ने पार्टीको बैठकमा साथै बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर पनि भनेको हो ।’ थापाले भन्नुभयो प्रधानमन्त्रीले त्यहीबाट मन्त्रीलाई फोन गरेर भन्नुभएको पनि हो ।’
     
    अनुकूल मनसुन हुँदा समेत सामूहिक असफलता भएको उहाँले उल्लेख गर्नुभयो । स्वदेशमा मल नपाएर सिमाना पारी गएर ल्याउनेलाई लाठीले ठोकेर र खोसेर सरकारले बहादुरी देखाउने भन्दै विरोध गर्नुभयो । थापाले छिमेकी राष्ट्रमा प्रति हेक्टर रासायनिक मलको प्रयोगको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । 
     


    बुधवार, जेठ २५ २०७९०६:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij