Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप १६ जनामा कोरोना संक्रमण

देशभर थप १६ जनामा कोरोना संक्रमण

  • बुधवार, जेठ २५ २०७९

  • 434
    SHARES

  • देशभर थप १६ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।

    बुधबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५पुगेको छ । ती मध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।


    बुधवार, जेठ २५ २०७९०५:१०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij