Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१९ बुँदे मागपत्रको बेवास्ता गरेको भन्दै आज लगानीकर्ताहरूले नेप्से घेराउ गर्दै

१९ बुँदे मागपत्रको बेवास्ता गरेको भन्दै आज लगानीकर्ताहरूले नेप्से घेराउ गर्दै

  • मंगलवार, जेठ २४ २०७९

  • 681
    SHARES

  • १९ बुँदे मागपत्रको बेवास्ता गरेको भन्दै आज लगानीकर्ताहरूले नेप्से घेराउ गर्दै
    काठमाडौं । पुँजी बजारको सुधारको माग राख्दै आज सेयर बजारका लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गर्ने भएका छन् । 

    आन्दोलनरत सेयर लगानीकर्ताहरुको संघर्ष समितिले आज दिउँसो ३ बजे सिंहदरबारस्थित नेप्से कार्यालयमा प्रदर्शन गर्ने भएका हुन् । 

    सो अवसरमा संघर्ष समितिले नेप्सेका अध्यक्षलाई १९ बुँदे मागपत्रको पुनः ध्यानाकर्षण गराउने कार्यक्रम समेत रहेको संघर्ष समितिका संयोजक तिलक कोइरालाले जानकारी दिनुभयो । 

    यसअघि नै संघर्ष समितिले सेयर बजारको सुधारका लागि १९ बुँदे मागपत्र पेस गरेपनि कुनै सुनुवाइ नभएको र सो मागको सरकारबाटै बेवास्ता भएकाले प्रदर्शनमा उत्रिनु परेको संयोजक कोइरालाको भनाइ छ ।

    हाल सेयर लगानीकर्ताहरूले १९ बुँदे माग अगाडि सार्दै २५ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले सोमबार धितोपत्र बोर्डमा माग पत्र पेस गर्दै तत्काल निर्णय गर्न आग्रह गरेका थिए । 

    सरोकारवालाहरूले आफ्ना माग सम्बोधन नगरे लगानीकर्ताहरूले असार १ गतेदेखि आमरण अनशन समेत थाल्ने चेतावनी दिएका छन् । 



    मंगलवार, जेठ २४ २०७९०२:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij