Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आइतबार सार्वजनिक बिदा नदिने मन्त्रिपरिषद्को निर्णय

आइतबार सार्वजनिक बिदा नदिने मन्त्रिपरिषद्को निर्णय

  • सोमवार, जेठ २३ २०७९

  • 1.2K
    SHARES

  • आइतबार सार्वजनिक बिदा नदिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय पुनः हटाएको छ ।


    आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।

    सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो । तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो ।

    हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै आज मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिट निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

    मन्त्री खतिवडाका अनुसार मन्त्रिपरिषद्को बैठकले सेना र प्रहरीमा पदोन्नतिको केही निर्णय पनि गरेको छ ।

     


    सोमवार, जेठ २३ २०७९०६:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij