Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सर्वाधिक तीज गीतका सर्जक खेम सेन्चुरीः सोचे झैँ जिन्दगी रैनछ!

सर्वाधिक तीज गीतका सर्जक खेम सेन्चुरीः सोचे झैँ जिन्दगी रैनछ!

  • बुधवार, भाद्र ३ २०७७

  • 2.5K
    SHARES

  • सर्वाधिक तीज गीतका सर्जक खेम सेन्चुरीः सोचे झैँ जिन्दगी रैनछ!

    गोमा परियार, काठमाडौं । सोचे झैँ जिन्दगी रैनछ ! यो वर्ष सबैको मुखमा झुन्डिएको तीज गीत हो । लोक दोहोरी गायक तथा सर्जक खेम सेन्चुरीको यो गीत सबैले रुचाएको र मन पराईएको गीत मध्येमा पर्छ ।

    सेन्चुरीले यो वर्ष १४ वटा तीज गीत बजारमा ल्याउनुभएको छ । सबैलाई दर्शक, श्रोताले उत्तिकै रुचाएका पनि छन् । हरेक वर्ष संख्यात्मकरुपमा सेन्चुरीका गीत अग्र स्थानमा रहेजस्तै यो वर्ष पनि उहाँका गीत धेरै छन् ।

    संख्यात्मक हिसावले धेरै रहेका उहाँका गीतहरुको चर्चा पनि उत्तिकै छ । 'सोचे झैं जिन्दगी रैन छ' गीतले त झन् अत्यधिक चर्चा कमाएको छ यो गीतमा हजारौंले टिकटक भिडियो बनाएका छन् ।

    २०७५ सालमा २९ र ७६ सालको तीजमा १८ वटा गीत बजारमा ल्याउनुभएका सेन्चुरीले यो वर्ष विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण स्थिति असामान्य रहँदापनि १४ वटा गीत बजारमा पस्किनुभएक्को छ । अग्रज कलाकारका गीतका बीचमा आफूलाई पनि दर्शक श्रोताले रुचाईदिँदा निकै खुशी लाग्ने उहाँ बताउनुहुन्छ ।

    अघिल्ला वर्षहरुमा धेरै गीतहरु बजारमा आए पनि चर्चाको हिसावले छाँयामा पर्नुभएका सेन्चुरीलाई यो वर्षका सबै गीतले चर्चाको शिखरमा पुर्याएको छ । गायन, शब्द लेखन, संगीत र अभिनय यि सबै बिधामा आफ्नो दख्खल सावित गराउन सफल सेन्चुरीले धेरैजसो गीतहरुमा आफैले अभिनय तथा नृत्यसमेत गर्नुभएको छ ।

    यो वर्ष पहिलो तीज गीत बाल गायिका कमला घिमिरेसँगको लरिलरि लै रुन्छु बरिलै बजारमा आएसँगै निकै रुचाईयो । त्यसपछि उहाँका “तीज महामारी काण्ड“, सोचे झैं जिन्दगी रैन छ, नरोउ, नरोउ निरमाया, आधि कपाल र आधि बाटो लगायतका गीतहरु चर्चामा छन् ।

    पछिल्लो समय तीजका नाममा अश्लिल शब्द प्रयोग गरिएका, विकृतिका गीतहरु बजारमा आउने क्रम पनि बढ्दो छ तर उहाँका हरेक गीतमा मौलिकता झल्कन्छ । यस कारणपनि आफुले गरेका हरेक गीतले माया पाउने र सन्तुष्ट रहेको उहाँको भनाई छ ।

    यतिबेला दसैँ तिहारका गीतमा व्यस्त रहनुभएका सेन्चुरी भन्नुहुन्छ -'दर्शक श्रोताको मायाको धनी छु ।' आफ्ना गीतहरुलाई प्राप्त मायाले सिर्जनामा थपं प्रेरणा मिलेको उहाँ बताउनुहन्छ । रुपन्देहीका सेन्चुरी एक दशकदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँका झण्डै हजार गीत सार्वजनिक भैसकेका छन् ।

     


    बुधवार, भाद्र ३ २०७७०९:१२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij