Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसम : मनसुनी वायुको सामान्य प्रभाव

आजको मौसम : मनसुनी वायुको सामान्य प्रभाव

  • सोमवार, जेठ २३ २०७९

  • 723
    SHARES

  • आजको मौसम : मनसुनी वायुको सामान्य प्रभाव

    काठमाडौं । पालको पूर्वी भू-भागमा आज मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभावले यतिबेला मौसम बदलीको अवस्था छ । नेपालमा हिजोदेखि मनसुन प्रवेश गरिसकेको छ ।
    नेपालमा यस वर्ष औसत समय भन्दा एक साताअघि नै मनसुन भित्रिएको हो ।

    यतिबेला प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था छ भने बाँकी भू-भागमा आंशिक बदली छ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा वर्षासमेत भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    नेपालमा मनसुन भित्रिएसँगै वर्षा सुरु भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध समेत गरेको छ ।


    सोमवार, जेठ २३ २०७९०८:४६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij