Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी सभापति देउवाले चुनावको जस-अपजस दुवै स्वीकार्नुपर्छ : कोइराला

पार्टी सभापति देउवाले चुनावको जस-अपजस दुवै स्वीकार्नुपर्छ : कोइराला

  • सोमवार, जेठ २३ २०७९

  • 898
    SHARES

  • पार्टी सभापति देउवाले चुनावको जस-अपजस दुवै स्वीकार्नुपर्छ : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेर बहादुर देउवाले जस–अपजस दुवै स्वीकार्नु पर्ने बताउनुभएको छ ।

    उहाँले पार्टी सभापतिले गर्दा नै स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा आएको उल्लेख गर्दै २०७४ सालको निर्वाचनमा कांग्रेसको हारको अपजस पनि देउवाले लिनुपर्ने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्क–एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.कोइरालाले जसअपजस दुवै कुरा पार्टी सभापतिले स्वीकार्न सक्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

    ‘अहिलेको चुनावमा पार्टी सभापति कै कारण कांग्रेसले राम्रो नतिजा हासिल गरेको छ, यसमा दुई मत छैन तर २०७४ सालमा हारको अपजस पनि उहाँले स्वीकार्नुपर्छ’, नेता डा.कोइरालाले भन्नुभयो

    उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम सन्तोषजनक रहेको बताउनुभएको छ । नेता डा.कोइरालाले निर्वाचनमा कांग्रेसले गठबन्धनलाई धोका दिएको भन्ने कुराको भने खण्डन गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘सबै पार्टीले समीक्षा आफैँ गर्नुपर्छ, धोका कांग्रेसले दिएकै छैन, पार्टीका एजेण्डा कस्ता थिए र गठबन्धनबाहेकका दललाई किन भोट गयो भन्नेबारे विश्लेषण गरौँ ।’

    संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने नेता डा.कोइरालाको भनाइ छ । 
     


    सोमवार, जेठ २३ २०७९०६:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij