Oct 25 2026 | २०८३, कार्तिक ९ गते

२०८३, कार्तिक ९ गते
  • यो साता चर्चामा :
images

पार्टी सभापति देउवाले चुनावको जस-अपजस दुवै स्वीकार्नुपर्छ : कोइराला

पार्टी सभापति देउवाले चुनावको जस-अपजस दुवै स्वीकार्नुपर्छ : कोइराला

  • सोमवार, जेठ २३ २०७९

  • 1.0K
    SHARES

  • पार्टी सभापति देउवाले चुनावको जस-अपजस दुवै स्वीकार्नुपर्छ : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेर बहादुर देउवाले जस–अपजस दुवै स्वीकार्नु पर्ने बताउनुभएको छ ।

    उहाँले पार्टी सभापतिले गर्दा नै स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा आएको उल्लेख गर्दै २०७४ सालको निर्वाचनमा कांग्रेसको हारको अपजस पनि देउवाले लिनुपर्ने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्क–एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.कोइरालाले जसअपजस दुवै कुरा पार्टी सभापतिले स्वीकार्न सक्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

    ‘अहिलेको चुनावमा पार्टी सभापति कै कारण कांग्रेसले राम्रो नतिजा हासिल गरेको छ, यसमा दुई मत छैन तर २०७४ सालमा हारको अपजस पनि उहाँले स्वीकार्नुपर्छ’, नेता डा.कोइरालाले भन्नुभयो ।

    उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम सन्तोषजनक रहेको बताउनुभएको छ । नेता डा.कोइरालाले निर्वाचनमा कांग्रेसले गठबन्धनलाई धोका दिएको भन्ने कुराको भने खण्डन गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘सबै पार्टीले समीक्षा आफैँ गर्नुपर्छ, धोका कांग्रेसले दिएकै छैन, पार्टीका एजेण्डा कस्ता थिए र गठबन्धनबाहेकका दललाई किन भोट गयो भन्नेबारे विश्लेषण गरौँ ।’

    संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने नेता डा.कोइरालाको भनाइ छ । 
     


    सोमवार, जेठ २३ २०७९०६:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij