Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेट र विनियोजन विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

बजेट र विनियोजन विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

  • सोमवार, जेठ २३ २०७९

  • 927
    SHARES

  • बजेट र विनियोजन विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । आर्थिक वर्ष २०७९-०८० को बजेट र विनियोजन विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

    बिहान ११ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

    विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल समेत हुनेछ । लामो समयदेखि यौनहिंसा र बलात्कारको विषयमा कानून संशोधन गर्ने दबाबका बीच अहिले संसद्मा छलफल चलेको हो ।

    आजकै बैठकमा कानूनमन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

    285266575_333884578820380_8332121919987260773_n (1).jpg

     


    सोमवार, जेठ २३ २०७९०६:३९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij