Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

समझदारीअनुसार नै मन्त्री परिवर्तन : नेता पाण्डे

समझदारीअनुसार नै मन्त्री परिवर्तन : नेता पाण्डे

  • सोमवार, जेठ २३ २०७९

  • 947
    SHARES

  • समझदारीअनुसार नै मन्त्री परिवर्तन : नेता पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले समझदारीअनुसार नै मन्त्री परिवर्तन गर्न थालिएको बताउनुभएको छ । उहाँले सुरु मै आलोपालो गरेर मन्त्री बन्ने समझदारी भएअनुरूप मन्त्री हेरफेर गरिएको दाबी गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्क–एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपालले सचिवालय बैठकको निर्णयअनुसार नै मन्त्री हेरफेर गरेको पनि उल्लेख गर्नुभयो ।

    ‘माधव कुमार नेपालले कुनै पनि निर्णय एकलौटीरूपमा लिनुहुन्न, उहाँले सबै निर्णय नीति नियममा टेकेर छलफल गरेरै मन्त्री हेरफेर गर्नुभएको छ’, नेता पाण्डेले भन्नुभयो
    उहाँले मन्त्री हेरफेरलाई कारवाहीकोरुपमा नलिन पनि आग्रह गर्नुभएको छ । मन्त्रिमण्डल गठन गर्ने बेलामै ६ महिनाका लागि भन्ने निर्णय गरेर सरकारमा सहभागी भएकाले कारवाही गरियो भन्ने भ्रममा नपर्न नेता पाण्डेले प्रष्ट पार्नुभयो । उहाँले बाम गठबन्धन हुनसक्ने पनि उहाँले खुलासा गर्नुभएको छ । 

    केपी शर्मा ओलीसँग सहकार्य हुनसक्छ त निर्वाचनमा भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पाण्डेले भन्नुभयो, ‘राजनीतिमा सहकार्य नहुने भन्ने हुनै सक्दैँन, बाम गठबन्धन हसनसकने सम्भावना म देख्दैँछु ।’



     


    सोमवार, जेठ २३ २०७९०६:२४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij