Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भीम रावलले संसदमा प्रस्तुत गरेका चार कुरा...

भीम रावलले संसदमा प्रस्तुत गरेका चार कुरा...

  • शुक्रवार, जेठ २० २०७९

  • 788
    SHARES

  • भीम रावलले संसदमा प्रस्तुत गरेका चार कुरा...

    काठमाडौं । मूल्यवृद्धिलाई कम गर्न स्वदेशमा उत्पादन हुने वस्तुहरुको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने नेकपा एमालेका नेता एवं सांसद भीम रावलले बताउनुभएको छ ।

    मूल्यवृद्धिका विषयमा नेकपा एमालेका सांसदहरूले आज प्रतिनिधिसभामा पेस गरेको सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले शुरुमा दैलेखमा पेट्रोलियम पदार्थको उत्पादनको काम तीव्र पार्नुपर्ने बताउनुभएको हो ।

    मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले चाल्नुपर्ने विभिन्न ४ उपायका विषयमा धारणा राख्दै रावलले पहिलोमा दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनको काम सरकारले तीव्र रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

    यस्तै उहाँले पञ्चायतकालमा पनि खुला बजारबाट कच्चा तेल ल्याएर भारतमा प्रशोधन गरेर नेपालले सह–उत्पादनको कामसमेत गर्ने गरिएको बताउँदै अहिले पनि सरकारले त्यसै गर्नुपर्ने बताउनुभयो ।

    सांसद रावलले अर्को उपायका रुपमा विद्युत उपयोगको लागि इन्डक्सन चुलो बाड्नेभन्दा पनि अहिले जहाँ–जहाँ विद्युतको उपभोग भइरहेको छ, त्यहाँ विद्युत उपयोगमा सहुलियत दिएर मानिसहरू विद्युत उपयोगतिर जाऊन् भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

    रावलले खुला सिमानालाई अन्तर्राष्ट्रिय कानुनबमोजिम नियमन गर्नुपर्ने अर्को उपाय रहेको बताउनुभयो ।


    शुक्रवार, जेठ २० २०७९०२:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij