काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार(आज) देखि लागू हुने गरी सार्वजनिक सवारीको भाडा घटाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ । त्यस्तै मालवाहक सवारीमा पहाडी बाटोतर्फ २.६ प्रतिशत र तराईतर्फ २.९ प्रतिशत भाडा घटाइएको हो । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत् रहनेछ ।
इन्धनको मूल्यअनुसार स्वचालित भाडादर लागू हुने व्यवस्था भएसँगै विभागले भाडा घटाएको हो । आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
विभागले डिजेलको मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ६.१ प्रतिशत घटी भएकाले भाडा दर समायोजन भएको जनाइएको छ । यसअघि विभागले चैत २०, जेठ ४ र जेठ १० गते भाडा समायोजन गरेको थियो ।
यस्तो छ नयाँ भाडादर: