प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताउनुभएको छ । राष्ट्रकविलाई अन्तिम श्रद्धाञ्जलि दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको छ’, राष्ट्रकवि घिमिरेसँगको तस्बिर शेयर गर्दै ओलीले ट्विटरमार्फत भन्नुभएको छ, ‘साहित्यमार्फत उहाँले मुलुकलाई लगाउनुभएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।’
