Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन

संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन

  • बिहिवार, जेठ १९ २०७९

  • 768
    SHARES

  • संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन

    काठमाडौं । राष्ट्रिय सभाले संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

    बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट स्वीकृत संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देशन गर्दछ ।’

    राष्ट्रिय सभाको अर्को बैठक शुक्रवार १ बजे बस्नेछ । राष्ट्रिय सभामा दर्ता भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरूले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।


    बिहिवार, जेठ १९ २०७९०५:४४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij