Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने

माओवादी केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने

  • बिहिवार, जेठ १९ २०७९

  • 651
    SHARES

  • माओवादी केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने
    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि पहिलो पटक शुक्रवार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताउनुभयो । शुक्रवार बेलुका ६ बजे एजेण्डासहित आ-आफ्नो ठाउँमा भर्चुअल बैठक बस्ने भएको हो । 
     
    बैठकमा कुन-कुन एजेण्डा समावेश गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यलाई उपलब्ध नगराएको सापकोटाले बताउनुभयो । तर नेताहरूले स्थानीय तह निर्वाचन समीक्षा, केन्द्रीय समितिको पूर्णता र एमसीसीको विषयमा छलफल हुने बताउनुभएको छ । 
     
    बुधबार बिहीबार नवनिर्वाचित स्थानीय तह प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रमले समेत केन्द्रीय समिति बैठकलाई सहयोग पुग्ने देखिएको छ । त्यहाँ धेरै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो तितो मिठो अनुभव समेत सुनाएका छन्। 
     
    शुक्रबारको भर्चुअल बैठक सकिएपछि पार्टी पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो, मधेस प्रदेशको पूर्ण र जनवर्गीय सङ्गठनलाई समेत पूर्णता दिने विषयमा गृहकार्य हुने बताएको छ । पार्टी कमिटी र जनवर्गीय सङ्गठनले पूर्णता पाएमा आगामी असार १५ गते भौतिक रुपमा उपस्थित भई केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
     


    बिहिवार, जेठ १९ २०७९०५:२०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij