काठमाडौँ – नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत चौबिस घण्टामा २१६ महिला र ४६५ पुरुष गरि जम्मा ६८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार जानकारी दिए ।
उनका अनुसार ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । हालसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको उनले बताए ।
काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घन्टामा १५९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन्।
मंगलबार मकाठमाडौँ उपत्यकामा २०५ जना नयाँ संक्रमित थपिएका थिए। प्रवक्ता डा. गौतमका अनुसार संक्रमित मध्ये १३१ जना आइसीयूमा छन् भने ६ जनाको भेन्टिलटरमा राखेर उपचार भइरहेको छ ।
यस्तै गत चौबिस घण्टामा १२० जना संक्रमणमुक्त भएर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। आजसम्म १७ हजार ७ सय जना संक्रमणमुक्त भएको डा. गौतमले बताए ।
उनका अनुसार हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।
देशभर सक्रिय संक्रमित ११ हजार १ सय १८ छन्।