Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘राष्ट्रकविले सेनाको युनिफर्मसमेत लगाउन पाउनुहुन्थ्यो’

‘राष्ट्रकविले सेनाको युनिफर्मसमेत लगाउन पाउनुहुन्थ्यो’

  • बुधवार, भाद्र ३ २०७७

  • 1.4K
    SHARES

  • ‘राष्ट्रकविले सेनाको युनिफर्मसमेत लगाउन पाउनुहुन्थ्यो’

    मंगलबार निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत हुनुहन्थ्यो । मन्त्रिपरिषद्को निर्णयानुसार उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विसं ०७४ सालमा सेनाको मानार्थ सहायक रथीको उपाधिबाट सम्मानित गर्नुभएको थियो ।

    सेनाका अनुसार मानार्थ सहायक रथी पद नेपालमा राष्ट्रकवि घिमिरेलाई मात्र दिइएको छ ।

    ‘नेपाली सेनाको मानार्थ सहायक रथीको पद नेपालमा राष्ट्रकवि घिमिरेलाई मात्र दिइएको छ ’, सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाली नेटवर्कसँग कुरा गर्दै भन्नुभयो, ‘उहाँले सेनाको युनफर्म लगाउनसमेत पाउनुहुन्थ्यो ।’

    यसैबीच, राष्ट्रकविले सेनाको युनिफर्म लगाएको तस्बिरसमेत सार्वजनिक भएको छ ।

    प्रवक्ता पौडेलका अनुसार मानार्थ पद दिइए पनि कुनै सरकारी सेवा सुविधा भने राष्ट्रकविलाई दिइएको थिएन ।

    नेपाली साहित्य क्षेत्रका विशेष योगदान पुर्याएवापत मानार्थ उपाधि दिइएको उहाँको भनाइ छ ।

    यसअघि, वरिष्ठ संगीतकार अम्बर गुरुङलाई नेपाली सेनाले मानार्थ महासेनानीको पद दिएको थियो ।

    राष्ट्रकवि घिमिरेको पशुपति आर्यटाटमा आजै अन्येष्टि गरिएको छ । उहाँलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्तगर्नुभएको थियो ।

    घिमिरेको पार्थिव शरीरलाई सेनाकै गाडीमा राखेर आर्यघाटसम्म पु¥याइने थियो । त्यहाँ सेनाका तर्फबाट २१ जनाको टुकडी र सशस्त्र प्रहरीको २१ जनाको टोलीले उहाँलाई अन्तिम सलामी दिइएको थियो ।

    काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा मंगलबार साँझ राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको थियो ।


    बुधवार, भाद्र ३ २०७७०३:१८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij