काठामडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । पर्यटन बोर्डको सभा हलमा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले सबैको सामूहिक चिन्तन र सहकार्यबाट पर्यटन बोर्डको गरिमालाई माथि उठाउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थालाई बलियो बनाउन सके मात्र यसको औचित्य रहने उल्लेख गर्दै उहाँले यसको लागि सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।
बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बोर्डले कर्मचारीहरूकै सहकार्यबाट कठिन अवस्थामा समेत बोर्डले राम्रो काम गर्न सकेको बताउँदै युनियनको वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो । उहाँले कर्मचारीको वृत्ति विकासमा आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बोर्डका कार्यसमिति सदस्य ङावानिमा शेर्पाले संस्था र कर्मचारी सबैको हित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताउँदै वार्षिकोत्सव सफलताको शुभकामना दिनुभयो । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोभिडको समयमा बोर्डका कर्मचारीले गरेको काम सराहनीय भएको बताउँदै अब पुनः टिम स्प्रीट्कासाथ काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोर्डका वरिष्ठ हिकमत सिंह ऐर ,निर्देशकहरू सन्तोष पन्त, मणिराज लामिछाने,प्रबन्धक सूर्य थपलिया,सार्वजनिक संस्थान कर्मचारी युनियनका सदस्य सञ्जीव थापा लगायतले शुभकामना दिनुभएको थियो । युनियनका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका सचिव सिताराम दाहाल,सहसचिव रामप्रसाद घिमिरे लगायतले वार्षिकोत्सवको अवसरमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।