काठमाडौं । चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनले अदालती बिहे गरेकी हुन् । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।
दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दिएको छ ।
उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए ।