Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेन साह मतगणनाकै बीच ओली निवास पुगेको खुलासा, भएको थियो यस्तो गोप्य कुरा !

बालेन साह मतगणनाकै बीच ओली निवास पुगेको खुलासा, भएको थियो यस्तो गोप्य कुरा !

  • मंगलवार, जेठ १७ २०७९

  • 3.0K
    SHARES

  • बालेन साह मतगणनाकै बीच ओली निवास पुगेको खुलासा, भएको थियो यस्तो गोप्य कुरा !

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै मेयरका प्रत्यासी बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेर भेटेको खुलासा भएको छ । यो भेटको विवरण भने अहिलेसम्म दुवै पक्षले गोप्य राखेका थिए ।

    बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गर्नुभएको छ । बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो भने भेटको विवरण चाँडै सार्वजनिक गरिने छ । 
     
    बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक हुनुहुन्थ्यो । तर, तारतम्य मिलेको थिएन । कोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको बताइएको छ । 
     
    समकालीन नेताहरूमा आफूहरूलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दाबी छ ।


    मंगलवार, जेठ १७ २०७९०५:३१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij