Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  • बुधवार, भाद्र ३ २०७७

  • 1.0K
    SHARES

  • राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

    काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा मंगलबार साँझ राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकविको सम्मानस्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

    यसअघि निवासमै पुगेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।


    बुधवार, भाद्र ३ २०७७१२:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij