काठमाडौं । चलचित्र ‘कबड्डी–४’ की अभिनेत्री मिरुना मगरलाई नियतवश छोएको आरोपमा प्रहरी हिरासतमा रहेका बौद्ध भिक्षु फुर्वा तामाङ रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिरी जमानीमा मंगलबार(आज) रिहा गरेको हो।
हिजो सिभिल मलस्थित हलमा चलचित्र हेर्न गएका फूर्वाले आफूलाई नियतवश छोएको भन्दै अभिनेत्री मगरले उनलाई थप्पड हानेकी थिइन्। त्यसपछि उनले प्रहरी बोलाएर फूर्वालाई जिम्मा लगाएका थिइन्।
नियतवश नभई भिडभाडमा अन्जानमा छुन पुगेका फूर्वालाई थुनामा पठाइएको भन्दै बौद्ध धर्मावलम्बी र बौद्धिस्ट संघसंस्थाहरुले विरोध जनाएका थिए।