काठमाडौं । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आदेश दिनुभएको छ ।
सीडीओ गोविन्द प्रसाद रिजालले उनलाई रिहा गर्न आदेश दिनुभएको हो। आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिनुभएको हो ।
एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले जानकारी दिनुभयो ।