Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

मिनेन्द्र रिजालको व्यंग्यले विष्णु पौडेल लजाए...

मिनेन्द्र रिजालको व्यंग्यले विष्णु पौडेल लजाए...

  • मंगलवार, जेठ १७ २०७९

  • 1.1K
    SHARES

  • मिनेन्द्र रिजालको व्यंग्यले विष्णु पौडेल लजाए...

    काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट उत्कृष्ट आएको बताउनुभएको छ ।

    नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताउनुभएको हो ।

    यस्तै, उहाँले पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै भन्नुभएको छ, ‘गतवर्ष संसद बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’ रिजालले एमाले नेता पौडेलले बजेटमाथि राखेको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै यस्तो भन्नुभएको हो ।


    विदेशी ऋण र सार्वजनिक ऋण तथा विदेशबाट भित्रिने रेमिट्यान्को चाप गठबन्धन सरकार बनेपछि मात्रै नभएको समेत उहाँले उल्लेख गर्नुभयो ।

    रिजालले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चालू आर्थिक वर्षको बजेट घोषणा सम्झाउनुभएको छ। । ‘चालू आर्थिक वर्षको बजेट ल्याउँदाको स्थिति सम्झनुहोस् न,’ रिजालले पौडेललाई भन्नुभयो, ‘संसद् छलेर सिंहदरबारमा ल्याइएको बजेट कस्तो थियो ?’ रिजालले निवर्तमान सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि संसद् छलेर बजेट ल्याइएको सम्झिनुभयो ।


    तर, यसवर्ष सरकारले निर्वाचन घोषणा नगरिसकेकाले यो संसद् रहेसम्मका लागि संसद्ले पारित गर्ने गरी बजेट प्रस्तुत भएको रिजालको भनाइ छ ।


    मंगलवार, जेठ १७ २०७९१२:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij