Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बजेट छरिएर आए पनि सबैलाई समेटेको छ : पूर्व गभर्नर नेपाल

बजेट छरिएर आए पनि सबैलाई समेटेको छ : पूर्व गभर्नर नेपाल

  • मंगलवार, जेठ १७ २०७९

  • 534
    SHARES

  • बजेट छरिएर आए पनि सबैलाई समेटेको छ : पूर्व गभर्नर नेपाल

    काठमाडौं । नेपाल राष्ट्र बैकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट समग्रमा राम्रो आएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले बजेट छरिएर आए पनि सबैलाई समेटिएर आएकाले राम्रो भएको र कार्यान्वय हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

    बजेट चुनाव केन्द्रित, वृद्धभत्ताको उमेर घटेर र कर्मचारीको तलव बढेर आएकाले पनि कार्यान्वय हुनेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ ।

    नेपालका अनुसार बजेट १५ प्रतिशत खर्च भए पनि राम्रो मानिने देखिएको छ । नेपाल आफैले उत्पादन गर्न सक्ने अवस्था नभएर र मुलुकको अर्थतन्त्रलाई जोगाउन विभिन्न बस्तुमा महंगी बढेको उहाँको भनाइ छ ।


    मंगलवार, जेठ १७ २०७९०७:५२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij