Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अस्पतालमा बसेकाभन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम : प्रवक्ता गौतम

अस्पतालमा बसेकाभन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम : प्रवक्ता गौतम

  • बुधवार, भाद्र ३ २०७७

  • 1.0K
    SHARES

  • अस्पतालमा बसेकाभन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम : प्रवक्ता गौतम

    काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये अस्पतालमा बसेकाभन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम रहेको विज्ञहरुले बताएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालमा बसेका भन्दा घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर कम रहेको अध्ययनले देखाएको बताउनु भएको हो। 

    उहाँले भन्नुभयो, “घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु दर थोरै र निको हुने दर धेरै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्, त्यसैले सङ्क्रमितहरु घरमै आइसोलेसनमा बस्नु उपयुक्त देखिएको छ ।”

    उहाँले शौचालय, खाने, बस्ने व्यवस्था छुट्टै गर्न संभव भएकाहरुलाई मात्रै घरमै आइसोलेसनमा बस्न सुझाव दिनुभयो । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले कोरोनाबाट सङ्क्रमित भएकालाई विरामी भन्न नमिल्ने तर्क गर्नुभयो ।

    “कोरोनाबाट सङ्क्रमित भएकाहरु विरामी होइनन, उनीहरु थप विरामी हुने वा अरु रोगले समस्यामा पार्ने खतरा बढी भएका व्यक्ति मात्रै हुन,” उहाँले भन्नुभयो ।

    कोरोना सङ्क्रमित जो पनि हुन सक्ने भएकाले आफुलाई पर्दा कस्तो होला भन्ने सम्झेर अरुलाई घृणा गर्ने, अपमानित गर्ने व्यवहार नगर्न पनि उहाँले आह्वान गर्नुभयो ।

    कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएकाहरुसँग मात्र नभई सवैसँग सम्मानपूर्व सतर्कता अपनाउनु पर्नेमा प्रवक्ता डा गौतमले जोड दिनुभयो ।
    आम नागरिकहरुले सामाजिक दुरी काम नगर्ने, हेलचक्याई गर्ने गरेकाले देशका धेरै ठाउँमा निषेधाज्ञा लगाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

     


    बुधवार, भाद्र ३ २०७७०८:५४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij